Bookmark

दशैँ तिहारकै मंगलमय शुभकामना

राजा राष्ट्रपति प्रधान सेनापति सरकार समिति महा ।
मिठो सम्झना छ बिजया दशमीको यही हो शुभकामना ।
आयु वृद्धि गरून् नवदुर्गा भवानीको हामी सबै प्राणीका ।
मंगल पूर्ण गरून् कुष्माण्डा भगवती भूटनदेवी कालिका ।
इच्छा सिद्धि गरून् बसी हृदयमा ब्रम्हा बिष्णु पादुका ।
बलको बुद्धि गरून् भिम्सेनजीले शक्ति मिलोस् हनुमानका ।
घरमा आई बसुन श्री लक्ष्मी जननी मुखैमा सरस्वती ।
यात्रा सिद्धि गरून् बसेर सिरमा सदैव सेता ससी ।
रिसै शान्त गरून् श्री गणेश कुमारको पूजा गरून् साथमा ।
रोग व्याध नाश गरून् कुल पितृ आएर बसी राखुन् माथमा ।
पित्रीका बरले सधैं हाँसी खुसी मुखमा मुस्कान चलोस् ।
कल्पना गरेको जे जे छ मनमा भाग्यले मनी भालोस् ।
लिखु कोसी आई सबको खेतमा गरी राखुन् आदर ।
हेम गंगा नदीको पुकार गरियोस् उनै दिन्छन् सादर ।
हुकुम बासी देखि सुकुम बासी समनका सम्पूर्ण देश बसीमा ।
अठहत्तर साल यो बिजया दशमीको मंगलमय शुभकामना ।
मकवानपुर ठेगाना हेटौंडा नगर लामसुरे नौ घर छ यो ।
थरै मेरो देसै बुझ्नुहोस् नाम अनन्त प्रसाद भयो ।
बहत्तर वर्षको उमेरमा मेरो भयो यस्तै आयो भावना ।
यो मैले लेखेको दशैँ तिहारकै मंगलमय शुभकामना ।

Post a Comment

Post a Comment