ऐशेँलु भएर जन्मे, बैसालु दिन उसै गयो
स्वर्गबाट हेरेको छु, कहाँ कसलाई के के भयो ।
म हुँ वृक्ष उपकारी, वन मै वस्छु सदादिन
खोजी खोजी उखलेर, मिल्काइ दिन्छन् मलाई किन
चाँदी जस्तो फूल फूली, सुन जस्तो फलीकन
पन्छीहरु रमाउथेँ, मानिसले खाइकन ।
बाटा गल्ली मुनी माथि, गुणको लागि उम्रिएको
खाने कुरा ठिक्क पारी, गल्ली तिरै खुम्रिएको ।
बाटो हिड्ने बटुवारीले, देख्ने छैनन् भनीकन
मेरो फल देखाइ दिन्थे, यी नङ्ग्राले तानीकन ।
नहेरी हिड्न लागेमा, अल्झाइ दिन्थे लुगा पनि
कसैलाई चाँहि ख्याल, गरेर झिकी दिन्थे टोपी पनि ।
स्वागत गर्थे फल दिएर, आत्मा पूर्ण गराउँथे
भोली पल्ट पनि ठिक्क, उस्तै स्वाद बनाउँथे ।
देख्ना साथ पहेँला छन्, झुप्पा मेरा सुनै सरी
खान थाल्थे रमाउँदै, घुमीघुमी वरिपरी ।
कति फुल्थेँ यो बैसमा, कति फल्थेँ उमेर भरी
कति कति प्राणीलाई, खान दिन्थे माया गरी ।
किन होला दैव दशा, आजै म मासिनु परो
विरुवा खोजीमा जाँदा, भेटेनन् कसैले जरो ।
कसले विचार गरी देलान्, मेरो यो रोएको मन
मेरो बोट उखलेर आफ्नै, नोक्सान पारेछन ।
सिजनमा फलको स्वाद, सबैलाई नोकसान परो
औषधी खोजीमा जाँदा, भेटेनन् कसैले जरो ।
नोक्सान मास्नेहरुकै, मास्न त मासियो तर
यो गुनासो कसको होला, आफ्नै मनमा विचार गर ।
लेख्न त लेखियो कविता, तर पुग्यो कि पुगेन रित
कहिँ कतै भुल भए, क्षमा माग्छु सबैसित ।
Post a Comment